
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । कोरोना संक्रमण भएर क्वारेन्टाइनमा बसिरहेका एक नेपालीले बहराइनमा आत्महत्या गरेका छन् । ताप्लेजुङका ३८ वर्षीय एक पुरुषले उपचार भइरहेका बेला बिहीबार आत्महत्या गरेका हुन् । एक्सिलेन्सी इन्डस्ट्रियल एण्ड मेन्टिनेन्स कम्पनीमा कार्यरत ती युवाले क्वारेन्टाइनभित्रको बाथरुममा झुन्डिएर आत्महत्या गरेको बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले पुष्टि गरेका छन् ।
बहराइनमा अहिलेसम्म ३ सय ३१ जना नेपालीमा कोरोना पोजेटिभ देखिएको उनले बताए । तीमध्ये धेरै नेपाली कोरोना मुक्त भइसकेको र संक्रमितलाई गुणस्तरीय उपचार पनि भइरहेको उनले राजदूत सुन्दासले बताए ।बहराइनमा कोरोना संक्रमणबाट अहिलेसम्म १५ जनाको मृत्यू भएको छ जबकि त्यहाँ संक्रमितको संख्या १० हजार ५२ रहेका छन् । ५ हजार ४ सय १९ जना कोरोना मुक्त भइसकेको वर्ल्डोमिटरद्वारा प्रकाशित तथ्यांकमा उल्लेख छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्