
- अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ । कोरोनाको संक्रमण देखिएयता अवरुद्ध चीनतर्फको प्रमुख भन्सार नाका तातापानीबाट सतर्कता अपनाएर दैनिक १० मालवाहक कन्टेनर नेपालभित्र थालेका छन् । सरकारले झन्डै डेढ महिनाअघि नै चीनतर्फका दुवै नाका सञ्चालनमा ल्याउने निर्णय गरे पनि हालका लागि तातोपानी नाकामात्रै खुलेको छ। रसुवातर्फको रसुवागढी नाका भने खुला गर्न चिनियाँ पक्ष सहमत देखिएका छैनन् ।
तातोपानीबाट चैतको अन्तिम सातादेखि केही स्वास्थ्य र खाद्य सामग्री भित्रिएका थिए । तर लगत्तै स्थानीय समुदायले पर्याप्त सावधानी नअपनाइएको भन्दै नाका सञ्चालनमा अवरोध पुर्याएपछि नेपाल र चीन कन्टेनरहरूलाई सीमा वारपार गराउँदा विशेष सुरक्षा उपाय अवलम्बन गर्न सहमत भएका छन् ।
त्यसअन्तर्गत चालक र सामान लोड गर्ने मजदुरको नियमित स्वास्थ्य जाँच गर्ने र उनीहरूलाई क्वारेनटाइनमा राख्नेजस्ता सावधानी अपनाउन थालिएको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबाहदुर खत्रीले बताए । उनले भने, ‘अहिले दैनिक १० वटा कन्टेनरलाई मात्रै भित्र्याउन भनिएको छ।“
प्रमुख खत्रीले मेसिन प्रयोग गरी सामानहरू कन्टेनरमा राख्ने व्यवस्था भए दैनिक २० वटासम्म मालवाहक कन्टेनर तातोपानी नाकाबाट नेपाल प्रवेश गर्न सक्ने बताए। तातोपानी नाकाबाट प्रवेश गर्नुअघि चीनको लिपिङ क्षेत्रमा संक्रमणनाश गर्ने वस्तु छर्केर कन्टेनरलाई आधा घन्टा राखिने र नेपाल प्रवेश गरिसकेपछि पनि निसंक्रमण गर्ने वस्तु छर्केर १२ घन्टा राखिने गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्