
- अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ । देशभरका शिक्षक तथा विद्यालय कर्मचारीले आजदेखि डिजिटल आन्दोलन सुरु गरेका छन् ।
एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय समितिको आयोजनामा आन्दोलन सुरु भएको हो । सङ्घीय सरकारले यही जेठ १५ गतेको ल्याउँदै गरेको आगामी आर्थिक वर्ष २०७७र७८ को बजेटमा शिक्षा क्षेत्रमा २० प्रतिशत बजेट विनियोजन तथा सङ्घीय शिक्षा ऐन जारी गर्न दबाब दिन आन्दोलन सुरु गरिएको सङ्गठनका केन्द्रीय अध्यक्ष शङ्कर अधिकारीले जानकारी दिनुभयो ।
सङ्घीय सरकारले यही जेठ १५ गतेको ल्याउँदै गरेको आगामी आर्थिक वर्ष २०७७ र ७८ को बजेट तथा कार्यक्रमअन्तर्गत शिक्षा क्षेत्रमा २० प्रतिशत बजेट विनियोजन तथा सङ्घीय शिक्षा ऐन जारी गर्न दबाब दिन आन्दोलन सुरु गरिएको सङ्गठनका केन्द्रीय अध्यक्ष शङ्कर अधिकारीले जानकारी दिनुभयो ।
लकडाउनको अवधिमा भेला हुन नमिल्ने भएकाले प्रविधिको सहयोग लिएर सामाजिक सञ्जालबाट सङ्घीय सरकारलाई शिक्षकका मामलामा गम्भीर बनाउन डिजिटल आन्दोलन सुरु गरिएको उहाँले बताउनुभयो । ‘देशमा ३६ हजार बाल विकासका शिक्षक र ३२ हजार विद्यालय कर्मचारी अहिले पनि न्यून परिश्रममा बाँच्न बाध्य छन्’, अध्यक्ष अधिकारीले भन्नुभयो, ‘यो सरासर अन्याय हो । श्रम ऐनले तोकेबमोजिम राज्यले उनीहरुलाई तलबभत्ता र दरबन्दीको सिर्जना गरी स्थायी प्रक्रियामा लग्नुपर्दछ ।’ त्यस्तै द्वन्द्वपीडित शिक्षकका समस्या समाधान, उपचारका लागि अस्पताल स्थापना, सामुदायिक विद्यालयको निजी स्रोत तथा निजी विद्यालयका कार्यरत शिक्षक कर्मचारीको सामाजिक सुरक्षा कोष, स्थायी शिक्षकको अस्थायी सेवा अवधि गणनाका लागि सरकारलाई सामाजिक सञ्जालमार्फत अनुरोध गर्ने अध्यक्ष अधिकारीले बताउनुभयो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्