×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल डेरी एशोसिएसनद्वारा दुग्ध पदार्थ ढुवानीमा टाइम कार्ड हटाउन माग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेपाल डेरी एशोसिएसनद्वारा दुग्ध पदार्थ ढुवानीमा टाइम कार्ड हटाउन माग

Artha Sarokar

२८ बैशाख २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । दुग्ध व्यवसायीहरुले दुग्ध पदार्थ बिक्रि वितरण गर्ने सवारी साधनमा टाईम कार्ड लागु नर्गन माग गरेका छन् । निजी क्षेत्रका दूग्ध व्यवसायीहरुको संस्था नेपाल डेरी एशोसिएसनले आईतबार एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।

व्यवसायीहरुले टाइम कार्डको व्यवस्थाले ढुवानी खर्च बढ्ने भन्दै पानी र औषधीलाई जस्तै दूग्ध पदार्थ बिक्रिको वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन् । घाटा सहेर पनि लकडाउन अवधिमा पनि बिना रोकतोक सञ्चालित दूध तथा दुग्धजन्य पदार्थको ढुवानीमा टाईम कार्ड लागू गर्नु व्यवहारिक नहुने पनि व्यवसायीहरुको भनाइ छ । ट्राफिक प्रहरीले आइतबारदेखि काठमाडौं उपत्याकामा टाइम कार्डको नियम लागू गरेको थियो । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी