×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टोखाका कोरोना संक्रमित व्यक्ति किराना पसले भएको खुलासा,अस्पताल पठाउने तयारी !

GLOBAL IME BANK

टोखाका कोरोना संक्रमित व्यक्ति किराना पसले भएको खुलासा,अस्पताल पठाउने तयारी !

१२ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बादाता 
काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा फेला परेका कोरोना संक्रमित व्यक्ति किराना पसले भएको पाइएको छ । ती व्यक्तिमा सोमबार कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार सोमबार थपिएका ७२ संक्रमितमध्ये दुई जना टोखाका हुन् ।
टोखा नगरपालिका ३ र ६ का २७ वर्षीय पुरुष र ४१ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । नगरपालिकाका मेयरका अनुसार एक जना किराना पसले हुन् । संक्रमित दुबैलाई दुबैलाई अस्पताल पठाउने तयारी भइरहेको छ । नगरपालिकाले विभिन्न ३०६ जनाको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि पठाएको थियो । जसमा दुई जनाको पोजेटिभ आएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: