
काठमाडौं । कोरोना भाइरसको परीक्षणका क्रममा टोखा नगरपालिकाका १३ व्यक्तिमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ । पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोनाको जोखिम बढेसँगै सो नगरपालिकाले गरेको आरडिटी परीक्षण गरेको थियो । नगर प्रमुख प्रकाश अधिकारीले टोखाका ७९३ जनामा गरेको आरडिटी परीक्षणमा १३ जनाको रिपोर्ट पोजेटिभ देखिएको जानकारी दिए ।
नगरपालिकाभित्रका तरकारी तथा फलफूल, किराना पसले, जनप्रतिनिधि, सुरक्षाकर्मी, विदेशबाट आएका व्यक्ति र विभिन्न जिल्लाबाट नगर क्षेत्रमा आएका व्यक्तिको सो परीक्षण गरिएको उनले बताए ।
पोजेटिभ देखिएकाको पिसिआर विधिबाट परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । बुधबार नगरपालिकाको वडा नं २ प्राथमिक स्वास्थ्य केन्द्र, वडा नं ७ हेराल्ड कलेज, वडा नं ५ श्रीसमाज र वडा नं ९ कान्तिपुर पब्लिक स्कूलमा परीक्षण गरेको थियो । नगरपालिकामा बस्ने सिन्धुपाल्चोककी एक सुत्केरीको कोरोना सङ्क्रमणबाट मृत्युभएपछि हालसम्म सो नगरक्षेत्रमा अन्य व्यक्तिलाई कोरोना सङ्क्रमण देखिएको छैन ।
यसअघि मृतक सुत्केरी बस्दै आएको टोखा–९ बुद्धमार्गमा २४ जनाको स्वाब सङ्कलन गर्दा सबैको रिपोर्र्ट नेगेटिभ देखिएको थियो । नगरपालिकाले अन्य व्यक्तिको कोरोना जाँच गर्दै जाने जनाएको छ । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्