×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना परीक्षण र क्‍वारेन्टाइनमा बस्‍नेहरू कुन प्रदेशमा कति छन् ? (विवरणसहित)

LAXMI SUNRISE BANK

कोरोना परीक्षण र क्‍वारेन्टाइनमा बस्‍नेहरू कुन प्रदेशमा कति छन् ? (विवरणसहित)

१९ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – मुलुकभर कोरोना भाइरसको नमुना परीक्षण करिब ५९ हजार नजिक पुगेको छ । स्वास्थ्य मन्त्रालयले र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटी) ४६ हजार ८ सय ६० वटा नमुना परीक्षण र पीसीआर विधिमार्फत १२ हजार ११ वटा थ्रोड स्वाब परीक्षण गरी कुल ५८ हजार ८ सय ७१ वटा परीक्षण गरिएको जनाएको छ । गत २४ घण्टामा १ हजार ६ सय ८२ वटा परीक्षण गरिएको छ । 

हालसम्म भएका परीक्षणको प्रादेशिक विवरण यसप्रकार छ :
प्रदेश १ मा ४ हजार ९ सय ८५
प्रदेश २ मा ५ हजार ४ सय ५६
बाग्मती प्रदेशमा ८ हजार ३ सय ६१
गण्डकी प्रदेशमा ५ हजार ४ सय ११
प्रदेश ५ मा ३ हजार ७ सय ९९
कर्णाली प्रदेशमा ५ हजार ४ सय ३६
सुदूरपश्चिम प्रदेशमा १३ हजार ४ सय ११ 
क्वारेन्टाइनमा बस्नेहरूको संख्या २३ हजार ३ सय ३६ रहेको छ । कुन प्रदेशमा कति ?
प्रदेश १ मा २ हजार ५ सय ७६ जना
प्रदेश २ मा १ हजार ४ सय जना
बाग्मती प्रदेशमा ५ सय ५१ जना
गण्डकी प्रदेशमा ५ सय ९३ जना
प्रदेश ५ मा १२ हजार ७ सय ५२ जना
कर्णाली प्रदेशमा ३ हजार ९ सय ९८ जना
सुदुरपश्चिम प्रदेशमा १ हजार ४ सय ६६ जना 
हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५८ पुहेको छ । जसमध्ये १६ जना निको भएर घर फर्किसकेका छन् । आइसोलेसनमा बसेका संक्रमित र सम्भावित संक्रमितको ८० जनामा काठमाडौं उपत्यकामा ३ जना र काठमाडौंबाहिर ७७ जना छन्।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी