×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय मुस्लिम आयोगको सामाजिक कार्य : ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री हस्तान्तरण (भिडियो रिपोर्ट)

PRIME CA
GLOBAL IME BANK

राष्ट्रिय मुस्लिम आयोगको सामाजिक कार्य : ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री हस्तान्तरण (भिडियो रिपोर्ट)

४ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । राष्ट्रिय मुस्लिम आयोगले ट्राफिक प्रहरीलाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । आयोगका अध्यक्ष समिम मिया अन्सारीले महानगरीय ट्राफिक प्रहरी महाशाखा पुगेर स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । अध्यक्ष अन्सारीले महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम प्रसाद ढकाललाई स्वाथ्य सामग्री हस्तान्तरण गरेका छन् ।
आयोगले २० हजार थान मास्क, २० लिटर सेनिटाइजर र साबुन लगायतका अन्य सामग्री हस्तान्तरण गरेको हो । सहयोग सानो भएपनि नागरिकको सुरक्षाका लागि खटिने सुरक्षाकर्मीहरुको हौसला बढाउन स्वास्थ्य सामग्री उपलब्ध गराइएको उउनले बताए ।
स्वास्थ्य सामग्री ग्रहणपछि महाशाखा प्रमुख ढकालले विश्वमहामारीको रुपमा फैलिएको कारोनाले नेपालमा पनि आतंक भइरहेको अवस्थामा सुरक्षाकर्मीहरुको जिम्मेवारी बढ्दै गएको बताए । दिनभरी सडकमा खटिने ट्राफिक प्रहरी धरै मानिसहरुसँग सम्पर्कमा हुने भएकाले जोखिम रहेको उल्लेख गर्दै उनले स्वास्थ्य सामग्रीहरुको आवश्यकता बढी हुने गरेको बताए । नेपालमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ । आइतबार दिउँसो १ बजेटको तथ्याङ्कअनुसार नेपालमा २ सय ९१ जनामा संक्रमण देखिएको छ भने १ जनाको मृत्यु भएको छ ।
हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: