
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आइतबार (आज) देखि काठमाडौंमा सवारी चलाउन टाइम कार्ड लागू हुने भएको छ । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, ट्राफिक प्रहरीबीच भएको छलफलले सवारी सञ्चालनमा कडाइ गर्ने निर्णय गर्दै आइतबारदेखि टाइम कार्ड लागू गर्ने निर्णय गरेको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकालका अनुसार अब तोकिएको समयमा मात्रै सवारी साधन चलाउन पाइनेछ । अब सरकारी कार्यालयका कर्मचारीहरूले बिहान ९ बजेदेखि साढे १० बजेसम्म कार्यालय जान र बेलुका ५ बजेदेखि ६ बजेसम्म घर फर्कने समयमा सवारी चलाउन पाउने छन् ।
बैङ्क तथा वित्तीय संस्थाका कर्मचारीहरूले बिहान ९ बजेदेखि साढे १० बजेसम्म र बेलुका साढे ३ बजेदेखि ५ बजेसम्म सवारी चलाउन पाउने छन् । खाद्यान्न, तरकारी तथा अन्य खाद्य सामग्री बिहान १० बजेभित्र ढुवानी गरिसक्नुपर्नेछ । निमाण सामग्री बोक्ने सवारी भने बेलुका ८ बजेपछि बिहान ६ बजेसम्म प्रवेश गर्न पाउनेछन् ।
औषधि र खानेपानी बोक्ने सवारी भने जुनसुकै बेला चल्न पाउनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्