
काठमाण्डौ । भरतको महाराष्ट्रप्रान्त अन्तर्गत पर्ने औरंगाबाद भन्ने ठाउँमा रेलले किचेर मजदुरहरुको मृत्यु भएको छ। सो घटनामा कम्तीमा १६ जनाको मृत्यु भएको छ । समाचारमा जनाइए अनुसार ५ जना घाइते भएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा दुःख व्यक्त गर्दै रेलमन्त्रीलाई आवश्यक सबै सहयोगको लागि निर्देशन दिएको बताएका छन् । भारतका रेलमन्त्री पियुष गोयलका अनुसार, आफ्नो घर हिँडेका मजदुरहरु राति रेलको लिगमा सुतिरहेका थिए ।
घटना बिहान स्थानीय समयअनुसार साढे पाँच बजे यो दुर्घटना भएको बताइएको छ । औरंगाबादका एसपी मोक्षदा पाटिलका अनुसार, सबै मजदुरहरु औरंगाबाद नजिकै रहेको जालनाको उक स्टिल कारखानामा काम गर्थे । उनीहरू भुसावल भन्ने स्थानतर्फ गइरहेका थिए । उनीहरु औरंगाबादमा आफ्नो गन्तब्य सम्म पुग्ने रेल पाइन्छ भनेर त्यता तर्फ गइरहेका थिए ।
हिंडाइको थकानका कारण राति उनीहरु रेलको लिगमा नै सुतेका थिए । तर, निन्द्रामा नै रहेको बेला रेल आउँदा उनीहरुले भाग्ने मौका पाएनन् ।यसरी कालको मुखमा परे । भारतमा कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि मे १७ सम्म लकडाउन घोषणा गरिएको छ । त्यसैले विभिन्न राज्यमा गएर काम गर्ने मजदुरहरु लामो बाटो हिँडेरै घर फर्किने गरेका छन् । एजेन्सी
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्