
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । लकडाउनमा निर्माण सामाग्री ल्याउन नसक्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तीन सय मिटर धावनमार्ग विस्तारको काम एक सातायता ठप्प भएको छ । विमानस्थल परिसरको दक्षिण भागमा रहेको धावनमार्ग रनवे जिरो-टु विस्तारको काम १० प्रतिशत मात्र बाँकी छ। निर्माण सामाग्री ल्याउनै अप्ठ्यारो भएपछि एक सातायता काम ठप्प भएको आयोजना निर्देशक मुरारी भण्डारीले बताए ।
अहिले एयरपोर्टमा जहाज उडान-अवतरण पनि बन्द थियो । रनवे विस्तारको काम गर्न सजिलो बेला भएकाले काम अगाडी बढाइएको थियो । उनले भने, काम धमाधम भइरहेको पनि थियो । तर पछिल्लो समय सवारी आवागमन गर्दा कोरोना आउँछ भनेर सबै स्थानीय तह सशंकित भएपछि निर्माण सामाग्री ल्याउन सकिएन।
आयोजनाका लागि आवश्यक बिटुमिन भने भारतबाट ल्याइसकिएको उनले जानकारी दिए । उनका अनुसार हाल धावनमार्ग विस्तारका लागि अस्फाल्ट, गिटी र डस्टं टोन लगायतका सामाग्रीको अभाव छ। २७ सेन्टिमिटर कालोपत्रे रहेको धावनमार्गको बेस एक मिटरदेखि सुरु गरिएको छ। उनका अनुसार हालसम्म २२ सेन्टिमिटर मोटाइको कालोपत्रे भइसकेको छ भने पाँच सेन्टिमिटरका लागि सामाग्री नभएर अड्किएको अवस्था छ। धावनमार्ग विस्तारका लागि हाल करिब एक सय जना जनशक्तिलाई क्याम्पमै राखिएको छ।
कालिका तुण्डी जेभीलाई निर्माण ठेक्का दिइएको यस परियोजनाको लागत करिब ८० करोड रुपैयाँ (भ्याटबाहेक) रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्