
- अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्देशिकामा उल्लेख गरिएको मास्क लगाउने अनिवार्यतालाई स्वयं आफैँले उल्लंघन गरेका छन् । ट्रम्पले मंगलबार एन ९५ मास्क बनाउने कारखानाको भ्रमण गरेका थिए। उनले भ्रमणका क्रममा मास्क लगाउन अस्वीकार गरेका हुन् ।
निर्देशिकाबमोजिम मास्क कारखानाको भ्रमण गर्दा अनिवार्य रुपमा मास्क लगाउनुपर्दथ्यो । ट्रम्पमात्रै होइन मास्क बनाउने कम्पनी हनिवेल कम्पनीका सीईओ डेरियस, ह्वाइट हाउसका चिफ अफ स्टाफ मार्कलगायत अन्य अधिकारीहरुले पनि मास्क लगाएका थिएनन्।भ्रमणका क्रममा ट्रम्पले एउटा चस्मा मात्रै लगाएका थिए।
एरिजोनामा अवस्थित रहेको यो कारखाना खुलेको करिब एक महिना भएको छ। अमेरिकामा लगातार बढिरहेको कोरोना संक्रमणका कारण उत्पन्न भएको सुरक्षा उपकरणको अभावलाई परिपूर्ति गर्न हालै मात्रै यो कारखाना स्थापना गरिएको थियो ।
राष्ट्रपति ट्रम्पले करिब दुुई महिनापछि ह्वाइट हाउस बाहिर भ्रमण गरेका हुुन्। ट्रम्प कारखाना पुुग्दा ब्याकग्राउन्डमा चर्चित ब्यान्ड गन एन्ड रोजको “लिभ एन्ड लेट डाई” भन्ने गीत गुन्जिरहेको थियो।
ट्रम्पले मास्क नलगाएको यो भिडियो अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। उनले मास्क नलगाएर हेल्चेक्र्याइँ गरेको भनेर चर्को विरोध पनि भइरहेको छ। राष्ट्राध्यक्ष भएर जनतालाई स्वस्थ बानिव्यहोराका प्रेरित गर्न नसकेको आरोप पनि ट्रम्पमाथि लागेको छ।
अमेरिकामा अहिले करिब १२ लाख जनतामा कोरोना संक्रमण देखिएको छ। त्यस्तै मृत्यु हुुनेको संख्या पनि ७२ हजारभन्दा धेरै पुुगेको छ। विश्वभर कोरोनाबाट मृत्यु हुनेमा एक चौथाइभन्दा धेरै अमेरिकाका रहेका छन्। – एजेन्सी
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्