काठमाडौँ – ह्वाइट हाउस कोरोना टास्क फोर्सलाई समाप्त गर्न लागिएको बताएका छन् । टास्क फोर्सले आफ्नो काम निकै कुशलतापूर्वक निभाएको तर अब यसमा केही परिवर्तन गरिने उनले बताए । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले पनि कोरोना टास्क फोर्स आउने केही हप्तामा समाप्त गरिने बताएका छन् ।
अहिले अमेरिकामा प्रत्येक दिन औसत २० हजार कोरोना भाइरसका बिरामी देखिने गरेका छन् भने एक हजारभन्दा धेरैको ज्यान गइरहेको छ । अमेरिकामा कोरोनाको कारण अहिलेसम्म १२ लाख सङ्क्रमित भएका छन् भने झण्डै ७० हजारको ज्यान गइसकेको छ ।
टास्क फोर्सको समाप्तिलाई लिएर सोधिएको प्रश्नको जवाफ दिँदै ट्रम्पले टास्क फोर्सलाई समाप्त गर्नुको अर्थ कोरोना भाइरसविरुद्धको लडाइँ सकिएको भन्न नमिल्ने बताए । उनले भने, ‘यो बिलकुल होइन । कोरोना समाप्त भएपछि मात्र मिसन पूरा हुन्छ।’
ट्रम्पका ज्वाइँले दोस्रो टास्क फोर्सको नेतृत्व गर्ने बताइएको छ, जसले कारोबारको बहालीमा ध्यान दिनेछ । पत्रकारसँगको कुराकानीमा ट्रम्पले भने,’हामी हाम्रो देशलाई आउँदो पाँच वर्षसम्म बन्द गर्न सक्दैनौँ ।’ ह्वाइट हाइसकी प्रेस सचिव केली मैकएनानलीले यस विषयमा अमेरिकी सरकारले वैज्ञानिक र विशेषज्ञसँग सल्लाह नलिएको भन्ने आरोपको खण्डन गरेकी छिन् । -एजेन्सी
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्