×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना भाइरस चिनियाँ प्रयोगशालाबाटै फैलिएको ट्रम्पको दाबी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कोरोना भाइरस चिनियाँ प्रयोगशालाबाटै फैलिएको ट्रम्पको दाबी

Artha Sarokar

१९ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको ल्याबबाट कोरोना भाइरस फैलिएको प्रमाण आफूसँग रहेको बताएका छन् । पत्रकार सम्मेलनमा उनले आफूले त्यो कुरा प्रत्यक्ष देखेको दाबीसमेत गरे ।
ट्रम्पले चीनको वुहानस्थित इन्सटिच्युट अफ भायरोलोजीमा भएको असावधानीका कारण कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएको दाबी गर्दै आएका छन् ।
बिहीबार रातिको प्रेसमिटमा एक पत्रकारले ट्रम्पलाई पूरा विश्वासको साथ तपाईंले चीनको ल्याबबाट कोरोना भाइरस फैलिएको भनिरहनु भएको छ, तपाईंसँग त्यसको प्रमाण छ भनेर सोधेका थिए । त्यसको जवाफमा ट्रम्पले भने, ‘छ मसँग । मैले देखेको छु ।’
उनले चीनले कोरोना भाइरस फैलाउने काम जानीजानी गर्‍यो कि गल्तीका कारण भयो भन्नेबारे भने स्पष्ट नभएको बताए । यसको जवाफ पाउन बाँकी रहेको ट्रम्पले बताए ।
ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले चीनको पक्षपोषण गरेको आरोप लगाए । उनले यसमा डब्ल्यूएचओलाई लाज लाग्नुपर्ने टिप्पणी गरे । उनले भने, ‘डब्ल्यूएचओले चीनको पब्लिक रिलेसन जसरी काम गरेको छ ।’
सन् २०१९ को डिसेम्बर अन्तिम साता चीनको वुहानबाट कोरोना भाइरसको संक्रमण सुरु भएको थियो । अहिले यस संक्रमणबाट अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
विश्वभर ३२ लाख भन्दा बढी संक्रमित र २ लाख ३१ हजारभन्दा बढीको ज्यान गइसकेको छ । – एजेन्सी 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी