
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि अमेरिकामा कोरोना संक्रमणको दोस्रो लहर सुरु भइहाले पनि पुुनः लकडाउन नगर्ने बताएका छन् । अमेरिकामा हुुन सक्ने कोरोनाको दोस्रो लहरबारे सोधिएको प्रश्नको उत्तर दिँदै राष्ट्रपति ट्रम्पले भने, ‘हामी कोरोनाको आगो निभाउन गइरहेका छौँ तर देश नै बन्द भने गर्ने छैनौँ ।’
ट्रम्पले यसअघि अमेरिकामा गर्मि मौसममा कोरोनाभाइरस सक्रिय हुन सक्ने र यसलाई नियन्त्रण गर्न अमेरिका सफल हुुने अनुमान लगाएका थिए । ट्रम्प प्रशासनका अधिकारीहरु र अमेरिकी स्वास्थ्य विज्ञहरुले अमेरिकामा कोरोनाभाइरस चिसो मौसम अर्थात फ्लु देखिने मौसममा फेरि सुुरु हुन सक्ने र यसलाई नियन्त्रण गर्न अझै कठिनाइ हुुने बताएका थिए। यो साताको सुरुआततिर अमेरिकाको नेसनल इन्स्टिच्युट अफ इलर्जी एन्ड इन्फेक्सिएस डिजिजका निर्देशन डा. एन्थोनी फोउसीले आफूलाई अमेरिकामा कोरोनाको दोस्रो लहर फैलनेमा कुनै शंका नरहेको बताएका थिए। उनले अमेरिकाबाट भाइरस हराउने बताएका थिए।
अमेरिकाका राज्य सरकारहरुले कोरोनाको नियन्त्रण र रोकथामका लागि त्यहाँका बासिन्दा र व्यापारव्यवसायमा कडा प्रतिबन्धहरु लगाएका छन् । तर यस विषयमा केन्द्र सरकार भने नरम देखिएको छ। कोरोनाको प्रभावका कारण देशको अर्थतन्त्र ध्वस्त भएको भन्दै ट्रम्पले अमेरिकालाई पुनः पहिले जस्तै खुुलाउने प्रक्रिया सुरु गर्ने बताइरहेका छन्। परिणामस्वरुप अमेरिकाका सबै ५० वटै राज्यहरुले अर्थतन्त्र र आमजनजीवनलाई केही हदसम्म खुलाइरहेका छन्। यसमा सबैभन्दा धेरै प्रभावित न्युयोर्क पनि समावेश रहेको छ।
आफू फेरि चार वर्ष कार्यकालका लागि योग्य रहेको जनाउन ट्रम्प अमेरिकाको अर्थतन्त्रलाई पुनर्जीवित पार्न चाहेको विश्लेषकहरुले बताएका छन्। अमेरिकामा कोरोनाको प्रभावरुवरुप ३ करोड ८० लाख जनताले बेरोजगार भत्ताका लागि आवेदन दिएका छन्। तर कोरोनाविरुद्धको भ्याक्सिन विकासमा केही शुभ संकेतहरु देखिएकाले यो साता अमेरिकी सेयरबजारमा उछाल आएको थियो । – एजेन्सी
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्