×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

त्रिवि शिक्षण अस्पतालमा पीसीआर परीक्षण ल्याब स्थापना, एक ‘सिफ्ट’मा ९६ जनाको स्वाव परीक्षण गर्ने (भिडियो रिपोर्ट)

LAXMI SUNRISE BANK

त्रिवि शिक्षण अस्पतालमा पीसीआर परीक्षण ल्याब स्थापना, एक ‘सिफ्ट’मा ९६ जनाको स्वाव परीक्षण गर्ने (भिडियो रिपोर्ट)

१२ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पीसीआर परीक्षण ल्याब स्थापना गरिएको छ । शिक्षण अस्पतालमा आज पीसीआर परीक्षण ल्याव स्थापना गरिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोशालाका निर्देशक डा. रुना झाले ल्याब पूर्ण क्षमतामा सञ्चालन गर्न आग्रह गर्नुभयो । नेपालमा कोरोना संक्रमणको दर बढ्दो क्रममा रहेकाले परीक्षणको दायरा पनि बढाउन पूर्ण क्षमतामा ल्याव सञ्चालन गर्न उहाँले आग्रह गर्नुभयो । अस्पतालका कर्मचारीलाई तत्काल तालिम दिएर परिचालन गरिने उहाँले बाउनुभयो ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बास्कोटाले एक ‘सिफ्ट’मा ९६ जनाको स्वाव परीक्षण गर्ने क्षमताको ल्याव स्थापना भएको बताउनुभयो । अहिले पुरा क्षमतामा ल्याब सञ्चालन गरेर परीक्षणको दायरा बढाउनुपर्ने दायित्व भएको उहाँले बताउनुभयो । यो सँगै देशभरी पीसीआर परीक्षणका लागि १७ वटा ल्याबहरु सञ्चालनमा आएका छन् । संक्रमितको संख्या बढिरहेको अवस्थामा परीक्षणको दायरा बढाउन यसले अझ सहयोग पुग्नेछ । त्रिविसँग तीन वटा पीसीआर मेसिन रहेका छन् । त्रिविले देशभरी रहेका आफ्ना भौतिक संरचनाहरु आवश्यक परे प्रयोग गर्न पनि तिन वटै तहका सरकारसँग आग्रह गरेको छ । हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी