×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रोकिएन लकडाउन उल्लङ्घन गर्नेको संख्या : तुलसीपुरबाट २१ व्यापारी प्रहरी नियन्त्रणमा

PRIME CA
GLOBAL IME BANK

रोकिएन लकडाउन उल्लङ्घन गर्नेको संख्या : तुलसीपुरबाट २१ व्यापारी प्रहरी नियन्त्रणमा

३० बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बादाता 
दाङ । लकडाउन उल्लङ्घन गर्ने २१ व्यापारीहरु पक्राउ परेका छन् । दाङको तुलसीपुरमा लकडाउन उल्लङ्घन गरेको भन्दै प्रहरीले २१ व्यापारीहरुलाई पक्राउ गरेको हो । अत्यावश्यकीय खाद्य वस्तु खरिदका लागि बिहान ६ देखि ९ बजेसम्म पसल खोल्नुपर्नेमा कस्मेटिक, कपडा, हार्डवेयर, इलेक्ट्रिक, छापाखानासमेत खोलेको भन्दै प्रहरीले २१ जनालाई पक्राउ गरी हिरासतमा राखेको छ ।
अटेर गरेर पसल खोलेको र भिड बढाएर कोरोना संक्रमणको जोखिम बढाएको भन्दै उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकालाई प्रहरीले संक्रामक रोग सार्ने कसुरमा मुद्दा चलाउन सक्ने भए पनि तुलसीपुर प्रहरीले केही समय हिरासतमा राखेर छाड्ने गरेको छ । यसअघि पनि ९२ जनालाई पक्राउ गरेर छाडिसकेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: