- अर्थ सरोकार सम्बाददाता
दाङ । अव तुलसीपुरमा साताको तीन दिन मात्र बैंक सञ्चालन हुने भएको छ । लकडाउनको संवेदनशीलतालाई मध्यनजर गरेर सातामा तीन दिन मात्रै बैंकहरु खुल्ने भएका हुन् ।
तुलसीपुर उपमहानगरपालिकामा यस क्षेत्रका विभिन्न बैकर्सहरुबीच भएको छलफलमा तीन दिन बैंक खोल्ने सहमति भएको हो । अब बैंक आइतबार, मंगलबार र बिहीबार मात्र खुल्ने भएका छन् ।
नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा भएको छलफलमा सातामा तीन दिन बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म बैंक खोल्ने निर्णय भएको हो ।