×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यूएईले भिसाको म्याद सकिएका सबैको जरिवाना माफ गरिदिने, तीन महिनाभित्र यूएई छाड्नुपर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

यूएईले भिसाको म्याद सकिएका सबैको जरिवाना माफ गरिदिने, तीन महिनाभित्र यूएई छाड्नुपर्ने

Artha Sarokar

१ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)ले सबै किसिमको भिसा उल्लंघन गर्नेलाई जरिवानामा छुट दिने निर्णय गरेको छ । यूएईका राष्ट्रपति शेख खलिफा बिन जायेद अल नाहयानले बुधबार यस्तो व्यवस्था गर्न निर्देशन दिएका हुन् ।
स्थानीय सञ्चारमाध्यमका अनुसार मार्च १ भन्दा अगाडि यूएईमा प्रवेश वा बसोवास अनुमतिको अवधि सकिएका मानिसले कुनै जरिवाना बुझाउनुपर्ने छैन । यूएईको फेडेरल अथोरिटी अफ आइडेन्टिफाइ एण्ड सिटिजनसिपका प्रवक्ता बि्रगनडिएर खामिस अल काबीले अहिले छुट पाएका मानिसहरुलाई कुनै जरिवाना नलाग्नुका साथै उनीहरुले मे १८ बाट मुलुक छाड्न पनि पाउने बताए ।
यो छुट अवधि तीन महिनासम्म जारी रहने उनको भनाइ छ । यो छुट अवधि सबै इमिरेट्स आईडी र वर्क परमिट सकिएका मानिसहरुको लागि कायम रहने बताइएको छ । अहिले गरिएको निर्णयले कसैलाई पनि निश्चित शर्त पूरा गरेर आफ्नो मुलुक फर्किन नरोक्ने काबीले बताए । मे १८ देखि ३ महिनाभित्रै देश नछाडे जरिवाना तिराउने तयारी छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी