
- अर्थ सरोकार सम्बाददाता
वीरगञ्ज – कोरोना भाइरसबाट बढी प्रभावित बनेका स्थानहरु वीरगञ्ज, नेपालगन्ज र उदयपुरमा थप दुई हजार ५ सय व्यक्तिहरुको कोरोना परीक्षण गरिने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ‘हटस्पट’(कोरोना संक्रमण बढी) देखिएका तीन जिल्ला उदयपुर,वीरगञ्ज र नेपालगन्जमा नमुना संकलन गर्न काठमाडौंबाट इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्वमा र नेपाली सेनाको टिमले नमुना संकलन गरिरहेको छ ।
मन्त्रालयका अनुसार वीरगञ्ज र नेपालगन्जमा एक-एक हजार र उदयपुरमा ५ सय गरेर कुल २५ सय व्यक्तिको नमूना संकलन गरिनेछ । पछिल्लो समय संक्रमितको संख्या बढेसँगै यी तीन ठाउँलाई हटस्पटको रुपमा हेरिएको छ । जसमा नेपालगन्ज र वीरगञ्जमा २३ र उदयपुरमा २८ संक्रमित छन्। बुधबार मात्र वीरगञ्जमा एकै परिवारका १७ जना सदस्यमा संक्रमण देखिएको थियो। उनीहरूको नारायणी अस्पतालमा उपचार भइरहेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्