Skip to content
LAXMI SUNRISE BANK

कोरोना संक्रमणबाट विश्वभर १२१ नेपालीको मृत्यु, १४ हजार बढी संक्रमित ! (अपडेट)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कोरोना भाइरसबाट हालसम्म विश्वभर १२१ नेपालीको मृत्यु भएको छ । सबैभन्दा धेरै बेलायतमा नेपालीको मृत्यु भएको छ । शनिबारसम्म विदेशमा रहेका १४ हजार चार सय २५ नेपाली संक्रमित भएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार सबैभन्दा बढी बेलायतमा ६६ जना नेपालीको मृत्यु भएको छ । युएईमा १९ जना नेपालीको निधन भएको छ ।
यस्तै अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको नेपालीको संख्या १७ पुगेको छ । यस्तै, साउदी अरबमा आठजना, बहराइनमा तीनजना, कुवेतमा दुईजना, कतारमा एकजना, आयरल्याण्डमा एकजना, जापानमा एकजना, टर्कीमा एकजना, नेदरल्यान्डमा एक जना, र स्वीडेनमा एकजनाको मृत्यु भएको छ ।
साथै कतार, अमेरिका, युएई, बेलायत, साउदी अरब, कुवेत, बहराइन, मलेसिया, टर्की, डेनमार्क, पोर्चुगल, क्यानाडा, आयरल्याण्ड, माल्दिभ्स, स्पेन, अष्ट्रेलिया, जापान, बेल्जिमय, स्वीटजरल्याण्ड, फिनल्याण्ड, जर्मनी, साइप्रस, न्यूजील्यान्ड, हङकङ, भारत, माल्टा, पोल्याण्ड, रुस, फ्रान्स, म्यानमार, रोमानिया, स्वीडेनलगायत ३४ देशका नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ । 
यता नेपालमा अहिलेसम्म साढे १४ सय संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या सात पुगेको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK