
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । कोरोना भाइरस संक्रमणबाट बेलायतमा थप एक भूपू गोरखा सैनिकको निधन भएको छ । बेलायतको ग्रेजमा बस्दै आएका ६१ वर्षीय जीतेन्द्र राईको उपचारका क्रममा मंगलवार निधन भएको उनको आफन्त बलु राईले जानकारी दिए । पुर्ख्यौली घर खोटाङ भइ उदयपुर बसाइँसराइ गरेका राई लामो समयदेखि बेलायत बस्दै आएका थिए ।
शुरुमा कोरोनाको लक्षण देखिएपछि घरमै आइसोलेशनमा बस्न अस्पतालले सुझाएको थियो । घरमा १४ दिनसम्म बस्दा पनि ठीक नभएपछि पाँच हप्ता अगाडि उनलाई एम्बुलेन्स बोलाएर अस्पताल लगिएको थियो । घर नजिककैको बासिल्डन अस्पतालको सघन उपचारकक्षमा एक महिना पाँच दिन राखेर उपचार गर्दासमेत कुनै सुधार भएको थिएन ।
उनका तीन छोरा बेलायतमा र श्रीमती नेपालमै छन् । हालसम्म बेलायतमा कोरोनाबाट निधन हुने नेपालीको संख्या ६५ पुगेको छ भने राईसहित भूपू गोरखा सैनिकको संख्या ५४ पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्