- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – उन्नति लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाले ३ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ५%ले बढेको हो । गत वर्षको यसै अवधिमा संस्थाले ३ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै, संस्थाले १० करोड ६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्षको यसै अवधिमा खुद ब्याज आम्दानी ५ करोड ८३ लाख रुपयाँ रहेको थियो । यता, संस्थाले सञ्चालन नाफा पनि ४ करोड ९२ लाख रुपैयाँबाट बढेर ५ करोड ११ लाख रुपैयाँ पुगेको छ। लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्दा संस्थाको खुद नाफा पनि बढेको हो।
यो तेश्रो त्रैमाससम्ममा संस्थाले ६७ करोड २३ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ८१ करोड ४९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्ष बैंकले ५० करोड २९ लाख रुपैयाँ निक्षेप संकलन र १ अर्ब ३७ करोड ७५ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । संस्थाको चुक्ता पूँजी ८ करोड ८२ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष ८ करोड ५९ लाख रुपैयाँ संचित छ।
संस्थाको खराब कर्जा १.८७% रहेको छ । संस्थाको प्रति सेयर आम्दानी ५० रुपैयाँ ५६ पैसा, प्रतिशेयर नेटवर्थ १९७ रुपैयाँ ३७ पैसा र मूल्य आम्दानी अनुपात १४.३९ गुणा रहेको विवरणमा उल्लेख छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्