×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

४६ जिल्लामा फैलियो कोरोना, महोत्तरीमा ३५ र कपिलवस्तु २४ जना संक्रमित थपिए, अरु ठाउँमा कति ? (अपडेट)

अर्थ सरोकार

प्रकाशित मिति : १३ जेष्ठ २०७७, मंगलवार

PRIME CA

४६ जिल्लामा फैलियो कोरोना, महोत्तरीमा ३५ र कपिलवस्तु २४ जना संक्रमित थपिए, अरु ठाउँमा कति ? (अपडेट)

स्याङ्जा
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आज (मंगलबार) मात्रै कोरोना भाइरसका ९० जना संक्रमित व्यक्ति फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार ९० जना संक्रमित व्यक्ति फेला परेको जनाएको हो । योसँगै देशभर कोरोना संक्रमितको संख्या ७ सय ७२ पुगेको छ । साथै सबै प्रदेशमा फैलिइसकेको संक्रमण हालसम्म देशका ४६ जिल्लामा फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । 
मंगलबार मात्रै महोत्तरीमा ३५ जना, कपिलवस्तुमा २४ जना संक्रमित थपिएका छन् । रौतहटमा २० जना संक्रमित थपिएका छन् । यस्तै  बारामा ५ र सिराहामा ४ जना संक्रमित थपिएका छन् । धनुषामा १ जना संक्रमित भेटिएका छन् भने सुर्खेत र दैलेखमा १२ जना संक्रमित थपिएका छन् । गुल्मी र अर्घाखाँचीमा २/२ जना संक्रमित थपिएका छन् । यस्तै बाँकेमा ७ जना र स्याङ्जामा २ जना संक्रमित थपिएका छन् ।
अहिलेसम्म कोरोना संक्रमितमध्ये १ सय ५५ जना डिस्चार्ज भइसकेका छन् भने ४ जनाको मृत्यु भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: