Skip to content
LAXMI SUNRISE BANK

अमेरिकामा कोरोना संक्रमितको संख्या १८ लाख नाघ्यो, १ लाख ५ हजार बढीले गुमाए ज्यान (अपडेट)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कोरोना भाइरसको माहामारीले अमेरिकामा १ लाख ५ हजारभन्दा बढीको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ९९८ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख ५ हजार ५४० पुगेको छ ।
वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ २२ हजार २८७ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १८ लाख १५ हजार ८१७ पुगेको छ । कुल संक्रमितमध्ये ५ लाख ३० हजार ६१६ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ११ लाख ७९ हजार ६६१ जनामध्ये १७ हजार १५९ जनाको अवस्था गम्भीर रहेको छ ।
यस्तै विश्वभर ३ लाख ७१ हजार बढीको ज्यान भएको छ भने ६१ लाख ६० हजार बढी संक्रमित भएका छन् । २७ लाख ३८ बढी मानिस निको भएर फर्किएका छन् । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK