
काठमाडौं । विश्वभर कोरोना भाइरसबाट ३ लाख २४ हजार भन्दा धेरै मानिसको मृत्यु भएको छ। पछिल्लो तथ्यांकअनुसार विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख २४ हजार ५५४ पुगेको हो। पछिल्लो २४ घण्टामा ४ हजार ५८९ जनाको ज्यान गएको छ। संसारभर ४९ लाख ८२ हजार ९३७ जना कोरोना भाइरसबाट संक्रमित भएको विवरण सार्वजनिक भएको छ। त्यस्तै अहिलेसम्म विश्वभर १९ लाख ५६ हजार ३६१ जना ठिक भएका छन्।
अमेरिकामा १५ लाख ७० हजार ९८३ संक्रमित भएका छन् भने ९३ हजार ५ सय ३३ जनाको मृत्यु भएको छ। यसैबीच ३ लाख ६१ हजार १८० निको भएर फर्किएका छन्। संक्रमितको आधारमा रुस दोस्रो स्थानमा रहेको छ। त्यहाँ २ लाख ९९ हजार ९ सय ४१ जनाको संक्रमण देखिएको छ। रुसमा अहिलेसम्म २ हजार ८ सय ३७ जनाको ज्यान गएको छ।
बेलायतमा अहिलेसम्म २ लाख ४८ हजार ८१८ संक्रमित भएका छन् भने ३५ हजार ३४१ जनाको मृत्यु भएको छ। इटालीमा २ लाख २६ हजार ६९९ संक्रमित भएका छन् भने ३२ हजार १६९ जनाको मृत्यु भएको छ। फ्रान्समा एक लाख ८० हजार ८०९ कुल संक्रमित भएका छन् भने २८ हजार २२ जनाको मृत्यु भएको छ। स्पेनमा २ लाख ७८ हजार ८०३ कुल संक्रमित भएका छन् भने २७ हजार ७७८ जनाको मृत्यु भएको छ। भारतमा संक्रमितको संख्या एक १ लाख ६ हजार ४ सय ७५ पुगेको छ। त्यस्तै ३ हजार ३ सय २ जनाको ज्यान गइसकेको छ। भारतमा हालसम्म ४२ हजार ३ सय ९ जना निको भएका छन्। -एजेन्सी
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्