×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालमा सवारीसाधनको संख्या ३८ लाख नाघ्यो, ७८.८ प्रतिशत मोटरसाइकल मात्रै !

LAXMI SUNRISE BANK

नेपालमा सवारीसाधनको संख्या ३८ लाख नाघ्यो, ७८.८ प्रतिशत मोटरसाइकल मात्रै !

१५ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपालमा सवारीसाधन दर्ता संख्या ३८ लाख नाघेको छ । फागुनसम्म कुल ३८ लाख २३ हजार सवारीसाधन दर्ता भएको अर्थ मन्त्रालयको तथ्यांकले देखाएको हो । गत वर्ष ३५ लाख ९१ हजार सवारीसाधन दर्ता रहेकोमा यो वर्ष थप २ लाख ३१ हजार दर्ता भएका हुन् ।
कुल सवारीसाधनमध्ये ७८.८ प्रतिशत मोटरसाइकल मात्रै रहेका छन् । कार, जिप, भ्यान ७.१ प्रतिशत छ भने अन्य साधन १४।.१ प्रतिशत दर्ता भएको मन्त्रालयले प्रकाशित गरेको आर्थिक सर्वेक्षणले देखाएको छ । गत आर्थिक वर्षसम्म दर्ता भएका सवारीसाधनमध्ये कारको संख्या २८ प्रतिशत, मोटरसाइकलको संख्या ४५.३ प्रतिशत र अन्य साधनको संख्या २६.७ प्रतिशत रहेको थियो।
यस्तै गत आवसम्म ९ लाख ४३ हजार ८ सय सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण भएको थियो भने चालू आवको फागुनसम्म ३ लाख ५१ हजार थप भई १२ लाख ९४ हजार ९ सय पुगेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी