- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – विजय लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा ५ करोड ८४ लाख २१ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ५७.७५% ले धेरै हो । गत वर्ष संस्थाले ३ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै, संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि क्रमशः ४१.१४% र ५३.४८% ले बढेको छ । गत वर्ष ११ करोड ८ लाख ३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको यसले अहिले बढाएर १५ करोड ६४ लाख ३४ हजार रुपैयाँ पुर्याएको छ । यता, सञ्चालन नाफा पनि ५ करोड ११ लाख रुपैयाँबाट बढेर ७ करोड ८५ लाख रुपैयाँ पुगेको छ ।
हाल बैंकको चुक्ता पुँजी २२ करोड ४० लाख ३१ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १० करोड ७४ लाख रुपैयाँ रहेको छ। बैंकको खराब कर्जा केहि बढेको छ । बैंकको खराब कर्जा भने २.५३% बाट बढेर २.९२% पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ७८ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ९५ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्