Skip to content
LAXMI SUNRISE BANK

कथित भिआइपीलाई चिनौं ! ‘नेपाली प्रहरीलाई मुक्का हान्ने बदमास चिनियाँ भिभो मोबाइल कम्पनीका कन्ट्री म्यानेजर !’

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । चिनियाँ नागरिकले नेपाललाई हेप्ने र दादागिरी देखाउने क्रम दिनानुदिन बढीरहेको छ । कहिले हाम्रा प्रहरीहरुमाथि मुक्का बर्साउने त कहिले हाम्रो सगरमाथालाई आफ्नो भनेर दाबी गर्ने चीनका नागरिकले समेत नेपाललाई कसरी हेप्दारहेछन् भन्ने तथ्यको पछिल्लो उदाहरण हो सिंहदरबार अगाडी नेपाली प्रहरी कुटिएको घटना । र यो घटनामा भिभो मोबाइलका नेपाली कन्ट्री मेनेजर संलग्न रहेको पाइएको छ ।     
गेभिन नाम गरेका ती ब्यक्तिसहित करिब ५० जना चिनियाँ नागरिकले सिंहदरबार अगाडि धर्ना दिँदै प्रहरीमाथि आक्रमण गरेका थिए । उनी चिनबाट नेपालमा किनेको केहि समयमा नै बांगीने गुणस्तरहीन मोबाइल ल्याउने धन्दामासमेत संलग्न रहेको पाइएको छ । ३२ वर्षीय गेभिन र ३३ वर्षीय एलई ओ लाई महानगरीय प्रहरी वृत्त दरबारमार्गको हिरासतमा राखिएको छ। अन्य दुईजनालाई सिंहदरबार बृत्तको हिरासतमा राखिएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ। भिभोका कन्ट्री म्यानेजर गेभिन उनका साथीहरु राजधानीको लाजिम्पाटमा फ्ल्याटमा बस्दै आएका थिए । सिंहदरबार अगाडि डिएसपी हरिबहादुर बस्‍नेतसहितलाई रगताम्य हुने गरी कुटपिटमा संलग्‍न ती चिनियाँविरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी गरिएको छ । 
सिंहदरबार अगाडि प्रर्दशन गर्ने क्रममा ४७ जना पक्राउ परेका थिए । ती नागरिक घर जान पाउनुपर्ने माग राख्दै प्रदर्शनमा उत्रिएका थिए । चिनसम्बद्ध संस्थाहरुमा गुहार्नुपर्ने उनीहरुले नेपालको प्रशासन कमजोर छ भन्ने ठानेर हेपाहा प्रवृति देखाएका थिए । उनीहरु लकडाउनकोसमेत उलंघन गर्दै ‘वी वान्ट टु गो ब्यााक होम’ प्ले कार्ड बोकेर निषेधित क्षेत्र तोडी सिंहदरबारतर्फ आएका थिए । उनीहरुले प्रहरीको लाठी खोसेर आक्रमण गरेका थिए। चिनियाँ नागरिकको समूहले प्रहरीमाथि लात्ती र मुक्का बर्साउँदा सिंहदरबार बृत्तका डिएसपी हरिबहादुर बस्‍नेतको टाउको नै फुटेको थियो। 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK