
- अर्थ सरोकार सम्बाददाता
वीरगन्ज । पहिलोपटक नेपालमा कोरोनाभाइरस संक्रमण परीक्षणका लागि भाइरस ट्रान्सपोर्ट मिडिया (भीटीएम) किट उत्पादन शुरु भएको छ । वीरगन्ज–पथलैया औद्योगिक करिडोरअन्तर्गत बाराको छाता पिपरास्थित एभरेस्ट प्यारेन्टेरल्स प्रालिले नेपालमै पहिलोपटक भीटीएमको उत्पादन सुरु गरेको हो । मुख तथा नाकबाट लिइएको स्वाब परीक्षण गर्न ल्याबसम्म सुरक्षित रुपमा पुर्याउन भीटीएमको प्रयोग हुन्छ।
नेपालमा कोरोनाभाइरसको प्रकोप बढिरहेकै बेला भीटीएम नेपालमै उत्पादन हुने भएपछि निकै राहात हुने भएको छ । पीसीआर टेस्टका लागि नभई नहुने भीटीएम नेपालले बाहिरबाट आयात गर्दै आइरहेको थियो ।उद्योगका प्रबन्ध निर्देशक उमंग राणासरियाले क्षमतायुक्त बाहिरका ल्याबमा समेत परीक्षण गराएपश्चात मात्र भीटीएम बजारमा पठाइने बताए। उनले बजारमा न्यूनतम मूल्यमा उच्च गुणस्तरको भीटीएम उपलब्ध गराउने दाबी पनि गरे।
यो भीटीएमको उत्पादनका क्रममा अमेरिकाको सेन्टर पर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको निर्देशिकाको पूर्ण पालना गरिएको बताइएको छ। यो नेपालकै पहिलो र एकमात्र कोरोना भाइरस स्पेसिफिक भीटीएम हो । यसमा प्रयोग हुने कच्चा पदार्थदेखि उत्पादन तथा वितरणको अन्तिम चरणसम्म २ देखि ८ डिग्री सेल्सियस तापक्रमको कोल्ड चेनको पूर्ण पालना गरिने हुनाले गुणस्तरीयता तथा प्रभावकारी हुने दाबी कम्पनीका बिक्रीवितरण प्रमुख विवेक सिंह महतले बताए । उद्योगसँग दैनिक १० देखि १५ हजार ट्युब भीटीएम उत्पादन क्षमता रहेको महतले जानकारी दिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्