×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विश्वमा ५५ लाख बढी कोरोना संक्रमित, ३ लाख ४८ हजार बढीको मृत्यु

LAXMI SUNRISE BANK

विश्वमा ५५ लाख बढी कोरोना संक्रमित, ३ लाख ४८ हजार बढीको मृत्यु

१३ जेष्ठ २०७७, मंगलवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

सिरहामा एकैपटक थप ५ जनामा कोरोना पुष्टि, जिल्लामा संक्रमितको संख्या ६ पुग्यो
  • अर्थ सरोकार सम्बाददाता 
काठमाण्डौ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको कारण हालसम्म विश्वभर ३ लाख ४८ हजार ३ सय २३ जनाको मृत्यु भएको छ । त्यसैगरी वल्डोमिटरको तथ्यांकअनुसार विश्वभर ५५ लाख ८ हजार जनामा कोरोना संक्रमण फैलिएको छ । अमेरिकामा हालसम्म कोरोनाको सबैभन्दा बढी असर देखिएको छ । अमेरिकामा कोरोनाको कारण ९९ हजार ६ सय ३६ जनाको ज्यान गइसकेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा १० हजार १ सय जनामा कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १६ लाख ९७ हजार जनामा कोरोना संक्रमण देखिएको छ ।
अमेरिकामा संक्रमित मध्ये १७ हजारको अवस्था गम्भीर रहेको छ । त्यसैगरि ४ लाख ५७ हजार जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । बितेको २४ घण्टामा अमेरिकामा कोरोनाको कारण ३ सय ३६ जनाको ज्यान गएको छ । यो संख्या अघिल्ला दिनहरुको तुलनामा थोरै हो । त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ३ लाख ५३ हजार जना संक्रमित भएका छन् । त्यहाँ ३ हजार ६ सय ३३ जनाको ज्यान गएको छ । बितेको २४ घण्टामा मात्र ९ हजार जनामा कोरोना संक्रमण देखिएको र ९२ जनाको कोरोनाको कारण ज्यान गएको छ । त्यस्तै हालसम्म रसियामा करिब १ लाख १९ हजार जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।
त्यस्तै स्पेनमा हालसम्म कोरोनाको कारण २८ हजार ७ सय ५२ जनाको ज्यान गइसकेको छ । २ लाख ८२ हजार  ८ सय जना मानिसमा कोरोना संक्रमण भएको छ ।
बेलायतमा बितेको २४ घण्टामा कोरोनाको कारण १ सय २१ जनाको ज्यान गएको छ । यो संख्या अघिल्ला दिनमा भन्दा कम हो । त्यहाँ कुल ३६ हजार ९ सय १४ जनाको ज्यान गएको छ भने २ लाख ६१ हजार १ सय जनामा कोरोना संक्रमण देखिएको छ । ब्राजिलमा कोरोनाबाट ३ लाख ६८ हजार जना संक्रमित भएका छन् भने २२ हजार ९ सय ६५ जनाको कारोनाको कारण मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार २ सय जना नया संक्रमित थपिएका छन् भने २ सय ४९ जनाको मृत्यु भएको छ ।
छिमेकी देश भारतमा कोरोना संक्रमणका कारण ४ हजार १ सय ७२ जनाको ज्यान गइसकेको छ, भने १ लाख ४५ हजार जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा भारतमा ६ हजार ४ सय जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा भारतमा कोरोनाका कारण १ सय ४८ जनाको मृत्यु भएको छ ।
हालसम्म विश्वभर २३ लाख ३३ हजार जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । २८ लाख ७६ हजार उपचाररत मध्ये ५३ हजार १ सय जनाको अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा विश्वभर १ हजार ८ सयभन्दा बढिको मृत्यु भएको छ । यो संख्या अघिल्लो दिनकोभन्दा थोरै हो । त्यसैगरि ६३ हजार नयाँ संक्रमित थपिएका छन् । संक्रमितको संख्या पनि घटेको हो । कोरोना २ सय १३ देशमा पुगिसकेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी