
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । वाईवाइ चाउचाउको उत्पादन बन्द भएको छ । कोरोना प्रकोपका कारण मजदुर नभएपछि उत्पादन बन्द भएको हो । उत्पादन सुरु भएको ३६ वर्षको लामो इतिहासमा वाईवाईको उत्पादन नै बन्द भएको यो पहिलोपटक हो । लकडाउन सुरु भएकै दिनबाट चाउचाउको उत्पादन बन्द भएको थियो । उत्पादन बन्द हुँदा देशभर वाईवाईचाउचाउ पाइन नै छाडेको छ । उत्पादन बन्द भएको थाहा पाएपछि कतिपय व्यापारीले प्रति प्याकेट २५ रुपैयाँसम्ममा वाईवाई कालोबजारी गरिरहेका छन् ।

चौधरी समूहका कम्युनिकेसन महाप्रबन्धक मधुसूदन पौडेलले उत्पादन बन्द भएको पुष्टी गरे । उनका अनुसार लकडाउनका कारण उत्पादन बन्द भएको छ भने यसले कम्पनीलाई ठुलो हानीसमेत पुर्याएको छ । वाइवाइ नामका चार प्रकारका चाउचाउ १४ स्वादमा उत्पादन हुँदै आएको थियो । जसमा ‘ओरिजिनल वाईवाई (तस्विरमा देखिएको) सबैले रुचाएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्