×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्याङ्जाका २ कोरोना संक्रमितको ‘ट्राभल हिष्ट्री’ : भारतको दिल्लीदेखि सुनौली नाका हुँदै पुगेका थिए वालिङ…

अर्थ सरोकार

प्रकाशित मिति : १३ जेष्ठ २०७७, मंगलवार

PRIME CA

स्याङ्जाका २ कोरोना संक्रमितको ‘ट्राभल हिष्ट्री’ : भारतको दिल्लीदेखि सुनौली नाका हुँदै पुगेका थिए वालिङ…

  • अर्थ सरोकार सम्बाददाता 
स्याङ्जा – आज कोरोना पुष्टी भएका स्याङ्जामा २ जना भारतको दिल्लीबाट आएको पाइएको छ । उनीहरु भारतको दिल्लीदेखि ट्रेनबाट सुनौली नाकासम्म आएका थिए । सुनौली आइसकेपछि उनीहरुले स्याङ्जासम्म जानका लागि स्याङ्जास्थिर वालिङ नगरपालिकामा फोन गरेका थिए । त्यसपछि नगरपालिकाले गाडी पठाएको थियो । चार दिन अघि गाडीमा ७ जना वालिङ आएका थिए, उनीहरु मध्ये दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
वलिङ ल्याएको भोलिपल्ट उनीहरुको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । दुई जनामा संक्रमण पुष्टि भएपछि जिल्ला अस्पतालको आइसोलेसनमा राख्न पुतलीबजार पठाइएको छ । ५ जना नगरपालिकाको क्वारेन्टाइनमा छन् । उनीहरुको नतिजा नेगेटिभ आए पनि पुन परीक्षणको तयारी भइरहेको वालिङ नगरपालिकाका मेयर खाँडले बताए । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: