काठमाडौँ । काठमाडौंबासीले आगामी आर्थिक वर्षदेखि मेलम्चीको पानी पिउन पाउने भएका छन् । सरकारले मेलम्ची खानेपानी आयोजनाको आवश्यक पूर्वाधार निर्माण कार्य चालु आवभित्र सम्पन्न गरी आगामी आवको शुरुदेखि नै काठमाडौं उपत्यकमा खानेपानी वितरण गरिने अर्थमन्त्री डा. युवराज खतिवडाले बताए ।
बिहीबार अर्थमन्त्री खतिवडाले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्दै सो आयोजनाको दोस्रो चरण निर्माण शुरु गर्नको लागि ५ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको बताए ।