
काठमाण्डौ । कोरोना भाइरसको उत्पत्तिबारे गरिने अनुसन्धानमा चीनले अन्ततः सहयोग गर्ने घोषणा गरेको छ। अमेरिकाले कोरोना भाइरस उत्पत्तिमा चीनमाथि शंका गर्दै आइरहेको बेलामा चीनले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले गर्ने अनुसन्धानमा सहयोग गर्ने घोषणा गरेको हो । चीनले यो अनुसन्धान राजनीतिक नभएर वैज्ञानिक हुनुपर्ने पनि जनाएको छ ।
अहिलेसम्म चीनको वुहान सहरमा गत डिसेम्बरको अन्त्यतिर पहिलोपटक यो भाइरस देखिएको जानकारीमा आएको छ । अमेरिकाले प्रायः चीनले कोरोनाभाइरस उत्पत्तिका विषयमा पारदर्शिता नदेखाएको आरोप लगाउँदै आएको छ । अमेरिकाले चीनले यो भाइरस उसको देशभित्रै नियन्त्रणमा जानीबुनी नराख्दा अहिले विश्वभर फैलिएको आरोप पनि लगाइरहेको छ।
चीनले भने अमेरिकाले लगाउँदै आएको सबै आरोप अस्वीकार गर्दै आएको छ। चीनले त यो भाइरस चीनमा नभई बाहिरबाट भित्रिएको दाबीसमेत गर्दै आएको छ। चीनको विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकाले यो भाइरसलाई लिएर आफ्नो गल्ती लुकाउन चीनमाथि अनावश्यक आरोप लगाइरहेको दाबी गरेका छन् । – एजेन्सी
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्