
त्यहाँका राष्ट्रपतिका सल्लाहकारले हर्बल टनिकको परीक्षण गरिएको बीबीसीलाई बताएका थिए । जुन डब्ल्यूएचओको चिकित्सकीय परीक्षण सम्बन्धी निर्देशिका अन्तर्गत पर्दैन । गत साता माडागास्करका राष्ट्रपति एन्ड्री राजोलिनाले टनिकको बारेमा अफ्रिकी नेताहरूसँग अनलाइन बैठकमा कुराकानी समेत गरेका थिए ।
डब्ल्यूएचओले परम्परागत उपचार र वनस्पतिमा आधारित विभिन्न अनुसन्धानहरुको भने स्वागत गरेको छ । तर त्यसको चिकित्सक तथा वैज्ञानिकहरुले पुष्टि गर्नुपर्ने हुन्छ । वैज्ञानिक पुष्टि र प्रमाणितबिना यस्ता औषधि प्रयोग गर्नु घातक हुने डब्ल्यूएचओको भनाई छ । -बीबीसी