काठमाडौँ । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबाट संक्रमितको संख्या एकै दिन ठूलो संख्यामा भेटिएको जनाएकै दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले “सामान्यीकरण” को सङ्केतका रूपमा वार्षिक जी७ शिखर सम्मेलनका लागि नेताहरुको बैठक गर्न प्रस्ताव राखेका छन् ।
डब्लुएचओले बुधबार एकै दिन १ लाख ६ हजारभन्दा बढी भाइरसका बिरामी भेटिएको जनाएको छ । गत डिसेम्बरमा चीनको उहानमा कोरोना संक्रमण देखिएपछि पहिलोपटक यो सबैभन्दा ठूलो संख्या देखिएको हो । डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेबे्ररियससले आफू निम्न र मध्यम आय भएका देशहरूको अवस्थाबाट “धेरै चिन्तित” भएको बताएका छन् ।
दक्षिण अमेरिकी देशहरुमा पछिल्ला दिनहरूमा संक्रमणको दर निकै बढेको छ । केही मुलुकले लकडाउन खुकुलो बनाए पनि संक्रमण बढेसँगै पुनःस्थापित गरेका छन् । ब्राजिलमा सबैभन्दा बढी बिरामी भेटिएका छन् । यहाँ विश्वमै तेस्रो सर्वाधिक संख्यामा संक्रमित देखिएका छन् । पेरू, मेक्सिको र चिलीमा पनि संक्रमण लगातार वृद्धि भइरहेको छ ।
ब्राजिलका स्वास्थ्य अधिकारीहरूले एकै दिन १ हजार १७९ नयाँ कोरोनाभाइरस संक्रमितको मृत्यु भएको बताएका छन्, जबकि दक्षिणपन्थी राष्ट्रपति जेयर बोल्सोनारोले लकडाउनको कडा विरोध गर्दै आएका छन् । उनले विशेषज्ञहरूको सल्लाह विपरीत क्षेत्रीय गभर्नरहरूलाई लकडाउन हटाउन दबाब दिइरेका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले जस्तै बोल्सोनारोले भाइरसको उपचारमा औलोको औषधीको प्रयोगलाई बढावा दिएका छन् । तर अध्ययनहरुले औलोको यो औषधि कोरोनाभाइरसको उपचारमा खासै फाइदाजनक नरहेको र शरीरलाई निकै हानि गर्ने बताएका छन् ।
आगामी नोभेम्बरमा पुनः निर्वाचनको सम्मुखमा रहेका राष्ट्रपति ट्रम्पले अमेरिकी अर्थव्यवस्थालाई पुनर्जीवित तुल्याउने अडान पुनः राखेका छन् । उनले अमेरिका पुरानै लयमा फर्कने बताउँदै आगामी जुनमा आयोजना हुने सात प्रमुख औद्योगिक राष्ट्र (जि७) को शिखर सम्मेलनमा नेताहरुको उपस्थिति हुनेमा आफू आशावादी रहेको बताए ।
‘म यो सम्मेलन वासिङ्टन डिसीको क्याम्प डेभिडमा गर्ने विचार गर्दैछु” उनले भने । ‘अरु नेताहरु पनि सहभागी हुनु हुनेछ । यो सबैका लागि ठूलो संकेत हुनेछ – सामान्यीकरण !’ जी ७ का देशहरू – बेलायत, क्यानाडा, फ्रान्स, जर्मनी, इटाली, जापान र संयुक्तराज्य अमेरिका – ले वार्षिक शिखर सम्मेलन आलोपालो आयोजना गर्ने प्रचलन छ ।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोको कार्यालयले “स्वास्थ्य स्थितिले अनुमति दिएमा” उपस्थित हुने जनाएको छ । जर्मन चान्सलर एन्जेला मर्केलले आफू ‘पर्ख र हेरको अवस्थामा रहेको’ बताएका छन् । विश्वव्यापी रुपमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या ३ लाख २५ हजारभन्दा बढी र झण्डै ५० लाख मानिस संक्रमित भएका छन् । यसबीच विश्वभरिका सरकारहरू खोपको आशामा रहेका छन् ।
भाइरस निर्माणका सन्दर्भमा उत्साहजनक खबरहरु आइरहेका छन् । एउटा अध्ययनमा बाँदरहरूमा गरिएको प्रयोगमा मानिसहरूले भाइरस प्रतिरोधात्मक क्षमता विकास गर्न सक्ने देखाएको छ । यसैबीच, युरोपमा संक्रमण र मृत्यु दरमा ठूलै कमी आएपछि लकडाउन खुकुलो बनाउन थालिएको छ । एसियाका देशहरूमा पनि बिस्तारै खुकुलोपन ल्याउन थालिएको छ ।
भारतमा दुई महिनाको लकडाउन पछि मे २५ बाट घरेलु हवाई यात्रा पुनः सुरु हुँदैछ । भारतमा एकै दिन ५ हजार ६०० भन्दा बढी नयाँ कोरोना संक्रमित देखिए पनि व्यवसाय, यातायात र अन्य क्षेत्रमा बिस्तारै सहजता आउन थालेको छ । चीन, दक्षिण कोरिया, जापान र सिंगापुरले पनि व्यवसायहरु खोल्नुका साथै आम जनजीवनमा सहजीकरण गर्न थालेका छन् । -एजेन्सी
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्