×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वास्थ्य संकटका बेला आर्थिक मद्दत गर्न डब्ल्यूएचओद्वारा फाउन्डेसन गठन

LAXMI SUNRISE BANK

स्वास्थ्य संकटका बेला आर्थिक मद्दत गर्न डब्ल्यूएचओद्वारा फाउन्डेसन गठन

१५ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आपतका लागि आवश्यक आर्थिक स्रोत जुटाउन विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले एउटा फाउन्डेसन गठन गरेको हो । अब यो फाउन्डेसनमार्फत नयाँ आर्थिक स्रोत जुटाउन काम हुने डब्ल्यूएचओले जनाएको छ । यो फाउन्डेसन डब्ल्यूएचओको मुख्यालय जेनेभामातहत नै रहनेछ। तर यो फाउन्डेसन मुख्य संगठनबाट भने स्वतन्त्र हुनेछ । यो फाउन्डेसनमा जुटेको पैसा सुरुआतमा कुनै पनि महामारीमा मद्दतका लागि परिचालन गरिने डब्ल्यूएचओले जनाएको छ । तर पछि अन्य स्वास्थ्य संकटका बेला फाउन्डेसनमार्फत आर्थिक मद्दत गर्ने बताइएको छ । 
डब्ल्यूएचओ प्रमुख डा. टेड्रोसले भविष्यमा यस्ता आपतकालीन अवस्थामा जुझ्नका लागि दानकर्ताहरुको दायरा बढाउन आवश्यक रहेको बताएका छन् । डब्ल्यूएचओले सदस्य राष्ट्रहरुमार्फत आर्थिक सहायता प्राप्त गर्दै आएको छ । जुन वार्षिक रुपमा हुने गर्छ। तर देशहरुले आफ्नो आर्थिक हैसियतका आधारमा डब्ल्यूएचओलाई आर्थिक सहयोग गर्दै आएका छन् । 
कोरोनाभाइरस संकटबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्ल्यूएचओको गतिविधिप्रति सन्देह जनाउँदै आर्थिक सहयोग गर्ने चेतावनी दिइरहेकै बेला यो फाउन्डेसन गठन हुनुलाई विश्वले निकै चासोपूर्वक हेरेका छन् । -एजेन्सी
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी