
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – कोरोना भाइरसबाट विश्वभर ज्यान गुमाउनेको संख्या दुई लाख ९६ हजार नाघेको छ । ४३ लाख ४३ हजारभन्दा बढी संक्रमित भएका छन्। हालसम्म अमेरिकामा सबैभन्दा धेरै अर्थात १३ लाख ८९ हजारभन्दा धेरै मानिसहरु कोरोनाबाट संक्रमित भएका छन्। त्यहाँ महामारीबाट ज्यान गुमाउनेको संख्या ८४ हजार १०६ जना पुगेको छ।
अमेरिकापछि रुसमा सबैभन्दा धेरै संक्रमित भेटिएका छन्। त्यहाँ संक्रमित हुनेहरुको संख्या दुई लाख ४२ हजार २७१ पुगेको छ। बेलायतमा दुई लाख ३० हजारभन्दा बढी संक्रमित भेटिएका छन्। नेपालको दक्षिणी छिमेकी देश भारतमा अहिलेसम्म ७४ हजार भन्दा धेरै मानिसमा कोरोना संक्रमण भएको छ भने ज्यान गुमाउनेको संख्या दुई हजार ४०० नाघेको छ।
बुधबार फ्रान्समा थप ८३ जनाको ज्यान गएको छ। त्यहाँ अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २७ हजार ७४ जना पुगेको छ। बेलायत, इटली र स्पेनमा पनि २७ हजार भन्दा धेरै संक्रमितको ज्यान गएको छ।बुधबार स्पेनमा थप १९५ जनाको मृत्यु भएको छ। बेलायतमा थप ४९४ जना संक्रमितले ज्यान गुमाएका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्