काठमाडौँ । कोरोना भाइरसका कारण विश्वभर झण्डै ३ लाख ४८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या करिब ५६ लाख पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार मंगलबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ९० हजार नयाँ संक्रमित भेटिएका छन् । विगत २४ घण्टामा विश्वभर ३ हजारको ज्यान गएको छ ।
प्राप्त समाचार अनुसार विश्वभर करिब ५३ हजार १६६ जनाको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २८ लाख २१ हजारको स्वास्थ्य अवस्था सामान्य वा मध्यम छ । -एजेन्सी
कोरोना भाइरसबाट धेरै संक्रमित भएका मुलुक :
क्र.सं. देशहरु कूल संक्रमित निको भएका कूल मृत्यु
विश्वभर ५५,९१,६७७ २३,६८,०१६ ३,४७,९४४
१- संयुक्तराज्य अमेरिका १७,०६,२२६ ४,६४,६७० ९९,८०५
२- बेलायत २,६१,१८४ – ३६,९१४
३- इटाली २,३०,१५८ १,४१,९८१ ३२,८७७
४- फ्रान्स १,८२,९४२ ६५,१९९ २८,४३२
५- स्पेन २,८२,४८० १,९६,९५८ २६,८३७
६- ब्राजिल ३,७६,६६९ १,५३,८३३ २३,५२२
७- बेल्जियम ५७,३४२ १५,२९७ ९,३१२
८- जर्मनी १,८०,७८९ १,६२,००० ८,४२८
९- मेक्सिको ७१,१०५ ४९,८९० ७,६३३
१०- इरान १,३७,७२४ १,०७,७१३ ७,४५१
११- क्यानाडा ८५,७११ ४४,६३८ ६,५४५
१२- नेदरल्यान्ड्स ४५,४४५ – ५,८३०
१३- चीन ८२,९९२ ७८,२७७ ४,६३४
दक्षिण एसियाली मुलुकहरु
१- भारत १,४५,४५६ ६०,७०६ ४,१७२
२- पाकिस्तान ५७,७०५ १८,३१४ १,१९७
३- बंगलादेश ३५,५८५ ७,३३४ ५०१
४- अफगानिस्तान ११,८३१ १,१२८ २२०
५- श्रीलंका १,१८२ ६९५ १०
६- माल्दिभ्स १,३९५ १५५ ४
७- नेपाल ६८२ ११२ ४
८- भुटान २७ ६ –