×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना भाइरस अपडेट : कुन देशको अवस्था कस्तो छ ?

LAXMI SUNRISE BANK

कोरोना भाइरस अपडेट : कुन देशको अवस्था कस्तो छ ?

१६ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

कचनकवल
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५९ लाख ६ हजार २०२ पुगेको छ । पछिल्लो एक दिनमा मात्रै १ लाख १४ हजार नयाँ संक्रमित थपिएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि ३ लाख ६२ हजार २४ पुगेको छ । हालसम्म २५ लाख ७९ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् ।
अमेरिकामा कोरोना भाइरसबाट हालसम्म १ लाख ३ हजार ३०३ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १७ लाख ६८ हजार ४६१ पुगेको छ । अमेरिकामा करिब ५ लाख जना उपचारपछि डिस्चार्ज भएका छन् । यता, अमेरिकापछि धेरै संक्रमित रहेको ब्राजिलमा ४ लाख ३८ हजार ८१२ जनामा संक्रमण हुँदा २६ हजार ७६४ जनाको मृत्यु भएको छ । पछिल्लो एक दिनमा मात्रै ब्राजिलमा २४ हजार भन्दा धेरै संक्रमित थपिएका छन् भने १ हजार भन्दा धेरैको मृत्यु भएको छ ।
त्यसपछि रुसमा हालसम्म ३ लाख ७९ हजार ५१ संक्रमित हुँदा ४ हजार १४२ जनाको मृत्यु भएको छ । बेलायतमा हालसम्म ३७ हजार ८३७ जनाको मृत्यु भएको छ भने २ लाख ६९ हजार १२७ जना संक्रमित रहेका छन् । बेलायतमा कोरोना भाइरसबाट अमेरिकापछि धेरै जनाको मृत्यु भएको छ । स्पेनमा संक्रमितको संख्या २ लाख ८४ हजार ९८६ पुगेको छ भने २७ हजार ११९ जनाको मृत्यु भएको छ । इटालीमा संक्रमितको संख्या २ लाख ३१ हजार ७३२ पुग्दा ३३ हजार १४२ जनाको मृत्यु भएको छ । फ्रान्समा संक्रमित १ लाख ८६ हजार २३८ हुँदा २८ हजार ६६२ जनाको मृत्यु भएको छ । यस्तै जर्मनीमा १ लाख ८२ हजार ४५२ जना संक्रमित हुँदा ८ हजार ५७० जनाको मृत्यु भएको छ । 
यता भारतमा हालसम्म १ लाख ६५ हजार ७९९ संक्रमित हुँदा ४ हजार ७११ जनाको मृत्यु भएको छ । टर्कीमा १ लाख ६० हजार ९७९ संक्रमित हुँदा ४ हजार ४६१ को ज्यान गएको छ । इरानमा १ लाख ४३ हजार ८४९ जना संक्रमित हुँदा ७ हजार ६२७ जनाको ज्यान गएको छ । चीनमा पछिल्लो १ दिनमा कुनैपनि नयाँ संक्रमित थपिएका छैनन् । त्यहाँ हालसम्म ८२ हजार ९९५ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ । पाकिस्तनमा ६१ हजार २२७ संक्रमित हुँदा १ हजार २६० जनाको ज्यान गएको छ । बंगलादेशमा ४० हजार ३२१ संक्रमित हुँदा ५५९ को मृत्यु भएको छ । जापानमा १६ हजार ६८३ जना संक्रमित हुँदा ८६७ जनाको ज्यान गएको छ ।
यस्तै नेपालमा अहिलेसम्म १ हजार ४२ जना संक्रमति व्यक्ति फेला परेका छन् । १८७ जना निको भएका छन् भने ५ जनाको भने मृत्यु भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी