
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । विश्व बैंक समूहले १ खर्ब ६० अर्ब डलरको आर्थिक प्याकेज घोषणा गरेको छ। बैंकले कोरोना भाइरसको असरका कारण ठूलो आर्थिक क्षति बेहोरिरहेका मुलुकहरुका लागि १ खर्ब ६० अर्ब डलरको आर्थिक प्याकेज घोषणा गरेको हो ।
उक्त प्याकेज कोरोना प्रभावित सय वटा मुलुकका लागि हो । प्याकेजअनुसार अनुदान र सहुलियतपूर्ण ऋणका ती मुलुकहरुले यो रकम प्राप्त गर्नेछन्। कोरोना संकटपछि विश्व बैंकले घोषणा गरेको यो अहिलेसम्मकै ठूलो प्याकेज हो। कोरोनाका कारण संकटमा रहेका मुलुकलाई गरिबी र चरम आर्थिक संकटबाट बचाउन, निजी क्षेत्रको उद्धार गर्न तथा स्वास्थ्य प्रणालीको सुदृढीकरणमा काम थालिसकेको विश्व बैंकले जनाएको छ।
यस्तै सोमबार स्वीकृत भएको सहायता आगामी १५ महिनाभित्र तोकिएका मुलुकहरुले क्रमशः प्राप्त गर्नेछन् । यो सहायता मुलुकहरुलाई चरम आर्थिक संकटबाट माथि उठाउन कोशेढुंगा सावित हुने विश्वास विश्व बैंंकले गरेको छ। कोरोनाका कारण ठप्प भएको आर्थिक गतिविधिका कारण संसारभर करिब ६ करोड मानिस चरम गरिबीमा पुग्ने अनुमान गरिएको छ। विश्व बैंक समूहका अध्यक्ष डेभिड मालपासले सय वटा मुलुकमा आपतकालीन अपरेसनका लागि विश्व बैंकले सहायता घोषणा गरेको बताएका छन्। यसबाट अन्य दाताहरुले पनि आफ्नो सहायता अगाडि लैजान मद्दत पुग्ने उनको विश्वास छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्