×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना महामारीको पछिल्लो स्थिति : विश्वभर २ लाख ९८ हजार बढीको मृत्यु, संक्रमित संख्या ४४ लाख ३० हजार नाघ्यो !

LAXMI SUNRISE BANK

कोरोना महामारीको पछिल्लो स्थिति : विश्वभर २ लाख ९८ हजार बढीको मृत्यु, संक्रमित संख्या ४४ लाख ३० हजार नाघ्यो !

१ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

कोरोना अपडेट : यस्तो छ विश्वभरको पछिल्लो अवस्था...
  • अर्थसरोकार सम्बाददाता
काठमाडौं । कोरोनाभाइरसका कारण विश्वभर २ लाख ९८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४४ लाख ३० हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार बिहीबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा विश्वभर ८८ हजार २२० जना नयाँ संक्रमित भेटिएका छन् । अघिल्लो दिन पनि ८५ हजार ३१२ जना नयाँ संक्रमित भेटिएका थिए । विगत २४ घण्टाको अवधिमा ५ हजार ३१४ जनाको ज्यान गएको छ । 
प्राप्त समाचार अनुसार विश्वभर करिब ४६ हजार मानिसको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २४ लाख २४ हजार अर्थात् करिव ९८ प्रतिशतको स्वास्थ्य अवस्था सामान्य छ । युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३३ हजार १८६ जनाको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ । 
संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ७७२ जनाको मृत्यु भएको छ जबकी अघिल्लो दिन यहाँ १ हजार ६३० जनाको ज्यान गएको थियो । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ८५ हजार १९७ पुगेको छ ।
कोरोनाभाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्समा २४ घण्टाको अवधिमा अघिल्लो दिनको झैं सामान्य रहेको छ । विगत २४ घण्टामा इटालीमा १९५, स्पेनमा १८४ र फ्रान्समा ८३ जनाको ज्यान गएको छ । दक्षिण अमेरिकी देशहरुमध्ये कोरोनाभाइरसको इपिसेन्टरका रुपमा देखिएको ब्राजिलमा १३ हजार १५८ जनाको मृत्यु भइसकेको छ । विगत २४ घण्टामा ब्राजिलमा ७५४ जनाको ज्यान गएको छ । -एजेन्सी
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी