×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रोकिएन कोरोना संक्रमण : विश्वभर संक्रमितको संख्या साढे ३६ लाख ४१ हजार नाघ्यो, २ लाख ५१ हजार बढीको मृत्यु

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

रोकिएन कोरोना संक्रमण : विश्वभर संक्रमितको संख्या साढे ३६ लाख ४१ हजार नाघ्यो, २ लाख ५१ हजार बढीको मृत्यु

Artha Sarokar

२३ बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ३६ लाख ४१ हजार ५ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म २ लाख ५१ हजार ९ सय ३० जनाको मृत्यु भइसकेको छ भने ११ लाख ९२ हजार ९ सय २६ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।
कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ६९ हजार ७ सय ३ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १२ लाख ११ हजार ७ सय ४५ रहेको छ ।
त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ४६ हजार ४ सय ३७ पुगेको छ भने अहिलेसम्म १ हजार ५ सय ६६ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ७५ जना संक्रमित भएका छन् भने १६ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी