×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दक्षिण एशियामा कोरोना संक्रमितको संख्या बढ्दो, हेर्नुहोस् कति पुग्यो संक्रमित ?

LAXMI SUNRISE BANK

दक्षिण एशियामा कोरोना संक्रमितको संख्या बढ्दो, हेर्नुहोस् कति पुग्यो संक्रमित ?

३० बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । दक्षिण एशियाका सबै देशमा कोरोना भाइरस संक्रमण फैलिएको छ । मंगलबार दिउँसो सम्मको तथ्यांक हेर्दा दक्षिण एसियामा कोरोना संक्रमितको कुल संख्या १ लाख २५ हजार १ सय ९६ पुगेको छ । त्यस्तै ३ हजार ३ सय ७३ जनाको मृत्यु भएको छ ।
दक्षिण एसियाका ८ देशमध्य नेपाल र भुटानमा बाहेक सबै देशमा कोरोना भाइरसका मानिसहरुको मृत्यु भएको छ । नेपालीमा कुल कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ भने भुटानमा सबैभन्दा कम ९ जना कोरोना संक्रमित रहेका छन् । 
भारतमा कोरोना भाइरसको संक्रमण पछिल्लो समय तिव्र रूपमा बढ्दै गएको छ । यहाँ ७० हजार ७सय ६८ जना कोरोना संक्रमित छन् भने २ हजार २ सय ९४ जनाको मृत्यु भइसकेको छ । पाकिस्तानमा कोरोना संक्रमितको ३२ हजार ८१ पुगेको छ, ७ सय ६ जनाको मृत्यु भएको छ ।
बङ्गलादेशमा १५ हजार ७ सय जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै २ सय ३९ जनाको मृत्यु भएको छ । अफगानिस्तानमा कोरोना भाइरसबाट १ सय २२ जनाले ज्यान गुमाएका छन् भने ४ हजार ६ सय ८७ जना संक्रमित रहेका छन् ।
माल्दिभ्समा कोरोना भाइरस संक्रमितको संख्या ८ सय ९७ पुगेको छ भने ३ जनाको मृत्यु भइसकेको छ ।श्रीलङ्कामा कोरोना भाइरसको संक्रमणबाट ९ जनाको मृत्यु भएको छ भने ८ सय ६३ जना संक्रमित रहेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी