काठमाडौँ। विश्व व्यापार संगठन (WTO) का प्रमुख रोबर्ट ऐजेवेदोले आउँदो अगस्ट ३१ मा पदबाट राजीनामा दिने भएका छन्।
संगठनमा आबद्ध सदस्य राष्ट्रहरुसँगको बिहीबारको भिडियो कन्फ्रेन्समा प्रमुख एजेवेदोले यस्तो जानकारी गराएका हुन्। एजेवेदोले आफ्नो कार्यकाल पूरा हुन १ वर्षअघि नै राजीनामा दिने भएका हुन्।
त्यसो त एजेवेदाको यो दोस्रो कार्यकाल हो। ऐजेवेदाले आफूले १ वर्षअघि नै राजीनामा दिने सूचना अहिले नै दिनुको प्रमुख उद्देश्य भनेको सदस्य राष्ट्रहरुलाई अर्को प्रमुख चयन गर्न सहज होस् भन्ने रहेको स्पष्ट पारेका छन्।
एजेवेदाले आफूले व्यक्तिगत कारणले पद छाड्न लागेको बताएका छन्। उनले भनेका छन्, ‘म यो स्पष्ट पार्न चाहन्छु कि मैले कुनै स्वास्थ्य वा राजीतिक अवसर देखेर राजीनामा दिन लागेको होइन, यो मेरो नितान्त व्यक्तिगत कारण हो।’
डब्ल्यूटीओ विश्व व्यापारमा निर्यात तथा आयातका नियमकानुन बनाउने निकायका रुपमा रहेको संस्था हो। यसको मुख्यालय स्विटजरल्यान्डको जेनेभामा रहेको छ। –एजेन्सी
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्