×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र बैंकका कार्यकारी निर्देशकसहित बैंकरहरु छलफल गरिरहेको ‘जुम मिटिङ’मा पोर्न भिडियो बजेपछि…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

राष्ट्र बैंकका कार्यकारी निर्देशकसहित बैंकरहरु छलफल गरिरहेको ‘जुम मिटिङ’मा पोर्न भिडियो बजेपछि…

Artha Sarokar

६ जेष्ठ २०७७, मंगलवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । कोरोना प्रकोपका कारण विश्वभर त्रास फैलिरहेका बेला विश्वका धेरै देशहरुमा लकडाउन गरिएको छ । नेपालमा पनि लकडाउन गरिएको धेरै समय भइसकेको छ । लकडाउनका कारण कोहि पनि बाहिर निस्किन नपाएपछि अहिले अनलाइनमार्फत बैठक गर्ने चलन खुब बढेको छ । र यसका लागि सबैभन्दा लोकप्रिय माध्यम बनेको छ, ‘जुम’। तर त्यहि जुमलाई सहि तरिकाले प्रयोग नगर्दा प्रयोगकर्ताहरु ह्याकरको निशानामा परिरहेका छन् । जुमबारे जान्नुपर्ने कुराहरु समयमा नै नजान्दा र जानेर पनि बुझ पचाउँदा अहिले धेरै जुम मिटिङहरु ह्याकरका कारण खल्लो भएको पाइएको छ । त्यस्तै घटना गत मे १६ मा पनि घट्यो । नेपालका गन्यमान्य व्यक्तिहरु सामेल भएको उक्त बैठकमा एक महिला बैंकर बोलिरहँदा एक्कासी अश्लील सामाग्री (पोर्न भिडियो) चल्न थाल्यो । यसले कार्यक्रमलाई खल्लो मात्र बनाएन, कार्यक्रममा उपस्थितहरु लाजले भुतुक्कै भए । एकातर्फ महिला बैंकरसमेत उपस्थित भएको उक्त बैठकमा ती महिलालाई र अरु सहभागीहरुलाई अफ्ट्यारो भयो भने आयोजकलाई पनि खल्लो हुनु स्वाभाविक भयो ।
जव महिला बैंकर बोल्दै थिइन्…
कार्यक्रम ‘डिजिटल पेमेन्ट’सँग सम्बन्धित थियो । आइटीसँग सम्बन्धित नेपालको एक चर्चित मासिक पत्रिकाले आयोजना गरेको उक्त कार्यक्रममा नेपाल बैंकका पूर्व आइटी प्रमुख सुरेश कर्ण, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती प्रसाद नेपाल, आइएमइ पेका डाइरेक्टर हेमराज ढकाल, नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान, राष्ट्रिय बाणिज्य बैंकका डेप्युटी सीइओ कविराज अधिकारी, पूर्व मन्त्री गणेश शाह, र एक बैंककि आइटी हेड सहभागी थिइन् । जव उनै महिला बैंकर बोल्दै थिइन्, एक्कासी अश्लील भिडियो बज्न थाल्यो । न कार्यक्रमका होष्टले कार्यक्रमलाई सम्हाल्न सके, न विषयान्तर गर्न । केहि बेर सबैले निर्विकल्प उक्त भिडियो हेरिरहे । केहि समयपछि उक्त भिडियो त हट्यो तर सबै कालो-नीलो भए । अगाडीको समयमा जसरी कोहि पनि खुलेर बोल्न सकेनन् । समग्रमा सार्है राम्रो बहस भएको कार्यक्रम खल्लो भएर टुंगियो । आयोजकले फेसबुकबाट लाइभ गरिएको उक्त भिडियो हटाए भने विभिन्न फोरममा यस विषयमा चर्चा पनि भयो ।

किन हुन्छ यस्तो ? यसबाट बच्न के गर्ने ?
‘हाम्रो बैठकमा मात्र होइन धेरैमा यस्तो समस्या आएको रहेछ ।’ उक्त कार्यक्रम आयोजक कम्पनीका प्रमुख भन्छन्, ‘हामीले प्रहरीलाई केस त गरेका छौँ, तर यो हाम्रोमात्र होइन धेरैको समस्या रहेछ ।’ यता आइटी विज्ञहरु सम्मिलित बैठकमै यस्तो भएपछि खल्लो भएको उक्त कार्यक्रममा सहभागी भएका एक सहभागीले बताएका छन्। ‘ह्याकरको निशानामा परियो त्यो एउटा खल्लो चीज भयो । तर त्यसलाई होष्टले विषयान्तर गर्न सक्थे । तर उनी आफैं कालोनिलो भए । अलि परिपक्व होष्ट नराखेको महसुस भयो ।’ ती सहभागीले भने ।
आखिर यस्तो हुन्छचाहिं किन ? यो अहिले समस्याका रुपमा छ । विश्वबाह्र जुमलाई गिराउन यस्ता ह्याकरका गिरोहहरु छन् । खासमा जुमको मिटिङ आइडी सार्वजनिक रुपमै प्रकाशन गर्दा यस्तो समस्या आउने गरेको छ । तर विज्ञ भनिएकाले कार्यक्रम होष्ट गर्ने हुँदा पनि उनले यस विषयमा ध्यान दिएको पाइएन । यसबाट बच्ने उपाय भने निकै सजिलो भएको विज्ञहरु बताउँछन् । ‘यस्तो समस्याबाट बच्ने दुइ उपाय छन्, एक सार्वजनिक रुपमा जुम आइडी फ्ल्याश नगर्ने, बरु मेलमा पठाउने, अर्को भनेको जुमको प्रिमियम एकाउन्ट प्रयोग गर्ने’ एक अर्का आइटी विज्ञ भन्छन्, ‘यो समस्याबारे धेरै जानकार थिए , साथीहरुले लापरवाही गर्नुभयो । कार्यक्रम होष्टले विषयान्तर गर्न नसक्नु अर्को कमजोरी भयो ।’
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी