×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विश्व बैंकले नेपाललाई १० करोड डलर ऋण दिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

विश्व बैंकले नेपाललाई १० करोड डलर ऋण दिने

Artha Sarokar

२१ जेष्ठ २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ। विश्व बैंकले नेपालको लागि १० करोड डलर ऋण स्वीकृत गरेको छ । विश्व बैंकले बुधबार नेपालको लागि करिब १२ अर्ब रूपैयाँको विकास नीति ऋण (डीपीसी) स्वीकृत गरेको हो ।
उक्त ऋण नेपालले कोरोना भाइरस महामारी (कोभिड-१९)का संकटबाट बाहिरिन र नेपालको विद्युत विकासको लागि खर्च गर्नु पर्ने छ । यसबाट नेपालको विद्युत सेवा भरपर्दो र सुरक्षित बनाउने तथा क्षेत्रीय व्यापारमा सहयोग पुग्ने विश्व बैंकले विश्वास लिएको छ ।
यस ऋण मार्फत नेपाल विद्युत् प्राधिकरणको आर्थिक सम्भाव्यतामा सुधार गर्ने, स्वायत्त, पारदर्शी, र जवाफदेही नियामक संचरना स्थापना गर्ने, नेपालको जलविद्युत स्रोत अधिकतम उपयोग सुनिश्चित गर्न क्षेत्रीय बिजुली बजारमा बढी सामेल हुने र संघीय संरचनाअन्तर्गत प्राधिकरणको पुनर्संरचना गरी प्रान्तीय र स्थानीय सरकारहरूलाई सशक्तिकरण गरिने विश्व बै‌कले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी