×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गण्डकी प्रदेशका चार जिल्लामा थपिए १७ जना संक्रमित, कहाँबाट आएका थिए संक्रमित ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

गण्डकी प्रदेशका चार जिल्लामा थपिए १७ जना संक्रमित, कहाँबाट आएका थिए संक्रमित ?

Artha Sarokar

१६ असार २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
पोखरा । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । प्रदेश क्षयरोग केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा गण्डकीका ४ जिल्लामा १७ जनामा संक्रमण पुष्टी भएको हो । 
संक्रमित तनहुँ, स्याङ्जा, लमजुङ र कास्कीका हुन् । उनीहरु कोरोना प्रभावित मुलुक साउदी, कुवेत र दुबईबाट आएका थिए । कास्कीका ८ जना,  तनहुँका ५ जना लमजुङका ३ जना र स्याङ्जा पुतली बजारका एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९ सय ६६ जना पुगेको छ । जसमध्ये २ जनाको कोरोना उपचारकै क्रममा पोखरामा मृत्यु भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी