×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सातै प्रदेशमा यसरी चल्दैछ रोपाईं…(फोटो-कथा)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । आज असार १५, राष्ट्रिय धान दिवस अर्थात् दही च्यूरा खाने दिन पनि । ‘मानो रोपी मुरी फलाउने दिन’। सोही अनुसार देशभर आज धान दिवस मनाईदैँछ । कोरोना कहरका साथसाथ देशभर रोपाइँ सुरु भएको छ । असारे भाकामा लोकदोहोरी गाउँदै आजका दिन छुपुछुपु हिलोमा धान रोपिन्छ । दिनभर किसानहरुलाई रोपाइँमा भ्याई नभ्याई हुन्छ । थकित भएका किसानहरु शक्तिप्राप्तिका लागि दही च्यूरा खान्छन् । दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । 
खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् । यसवर्ष मनसुन अगाडी नै सुरु भएका कारण असार १५ अघि नै २० प्रतिशत जमिनमा धान रोपाइँ सकिएको छ ।अघिल्लो वर्ष १५ असारअघि झण्डै १२ प्रतिशतमा जमिनमा मात्रै रोपाइँ भएको थियो । 
नेपालमा कूल खेतीयोग्य जमिनमध्ये ४७ प्रतिशत जमिनमा रोपाइँ हुन्छ । जसमध्ये तराई क्षेत्रको हिस्सा ७० प्रतिशतभन्दा माथि छ । नेपालमा कूल खेतीयोग्य जमिन झण्डै ३१ लाख हेक्टर छ । जसमा नेपालमा झन्डै १५ लाख हेक्टर जमिनमा धान रोपाइँ हुने गर्दछ । अझै पनि ६३ प्रतिशत जमिनमा सिँचाइ सुविधा पुग्न सकेको छैन ।
बाँकी फोटोमा :














Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: